०२ मंसिर २०८२, मंगलबार
18-11-2025 , Tue
×

लागू औषध सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, भाद्र ०६, २०७६

मनोज बनैता, सिरहा । सशस्त्र प्रहरी वल सिरहाले लाहानका स्कुलहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको हो ।लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम रावलले जानकारी दिए ।

स्कुल तथा क्याम्पसमा पढने बिद्यार्थी लागु औषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्य स्वरुप प्रहरीले लाहानका स्कुलहरुबाट अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम रावलले लाहान मनोकामना सेकेन्ड्री स्कुलमा माध्यमिक तह पढने बिद्यार्थीहरुको लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मूलक प्रस्तुति राखेका थिए । युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक रावलले जानकारी दिए । लागु औषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो । बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए ।

नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी उनायव उपरिक्षक रावलले बिद्यार्थीहरुलाई लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गरेका थिए । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषध द्दारा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए । लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा लाहान मनकामना स्कुलका प्रीन्सिपल बद्रीनारायण चौधरीको पनि उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]