०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

डा.सीके राउत र एनआरएमएका महासचिव डा.महतोबीच भेटवार्ता

Logo
प्रकाशित सोमबार, मंसिर २६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत र गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समिति महासचिव डा.श्याम बाबू महतोबीच भेटवार्ता भएको छ।

सोमबार जनकपुरधामस्थित रहेको जनमत पार्टीको केन्द्रिय सचिवालय कार्यलयमा सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन भएका अध्यक्ष डा.राउतलाई भेटघाटको क्रममा गैर आवासीय मधेशी सघंका महासचिव डा.महतोले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको थिए।

महासचिव डा.महतोले अध्यक्ष डा.राउतलाई विदेशमा रहेको मधेशीहरुको समस्याको बारेमासमेत जानकारी गराएका थिए।

साथै , जनमत पार्टीबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रत्येक्ष र समानुपातिकमा निर्वाचन भएका सम्पुर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना गैर आवासीय मधेशी संघको तर्फबाटसमेत दिएको महासचिव डा.महतोले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]