२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

निर्घात कुटपिटबाट घाइते भएका पंडीतको अवस्था नाजुक

Logo
प्रकाशित शुक्रबार, भाद्र ०६, २०७६

जनकपुरधाम।धनुषाको जनकनन्दनी गाउपालिका वाड .४ खजुरीमा कुटपिट पछि घाइते भएका जयनाथ पंडीतको अवस्था नाजुक वन्दै गएको छ ।

कुटपिट पछि जनकपुर अंचल अस्पतालमा भर्ना भएको पंडीतलाई अस्पतालले भरतपुर अस्पतालमा रेफर गरेको थियो । भरतपुर अस्पतालमा उपचाररत पंडीतको विहिवार देखि नै अवस्था गम्भीर वन्दै गएको चिकित्सकहरुले वताएका छन ।

भरतपुर अस्पतालका चिकित्सक डा.एनमैयायाका अनुसार टाउको मा चोट लागेकोले पंडीतलाई इमरजेन्सीमा भर्ना गरिएको र उनको अवस्था नाजुक रहेको वताउदै अहिले नै केहि भन्न नसक्ने अवस्थामा रहेको वताए ।

गत भादो १ गते आइतवार गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि जयनाथ पंडीतमाथि मरनासन्न गरि कुटपिट गरिएको थियो ।
धनुषाको जनकनन्दनी गाउपालिका वार्ड नं ४ का २३ वर्षिय जयनाथ पण्डीतमाथि आइतवार साझमा गाउकै उपभोक्ता समितिका अध्यक्ष लगायतका १५ जनाका समुहले अचानक आक्रमण गरेर कुटपिट गरेपछि गम्भीर घाइते भएपछि आइतवार नै जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएका घाइते पण्डीतको टाउको मा बढि चोट लागेकोले सोमवार उनलाई भरतपुर रेफर गरिएको थियो ।

आइतवार पण्डीतले आफुले चलाउदै आएको फेसवुक पेज खजुरी डटकममा बजार सेट निमार्ण भएको एक महिनामा नै भत्किएको भन्दै केहि तस्वीरहरु अपलोड समेत गरेका थिए । सोहि विषयलाई रिसीवी वनाएर सो सेड वनाउने उपभोक्ता समितिका अध्यक्ष अशोक मण्डल लगायतका डेढ दजर्न समुहले आफु एक्लै भएको समयमा घेरेर निर्घात कुटपिट गरैको घाइते पण्डीतले वताए ।

यता कुटपिट गर्ने मध्ये अशोक मण्डल र सुनील मण्डललाई इलाका प्रहरी कार्यालय खजुरीले जमान्तमा रिहा गरिसकेको छ। घटनाको विषयमा छानवीन भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर चौधरीले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]