०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

निर्घात कुटपिटबाट घाइते भएका पंडीतको अवस्था नाजुक

Logo
प्रकाशित शुक्रबार, भाद्र ०६, २०७६

जनकपुरधाम।धनुषाको जनकनन्दनी गाउपालिका वाड .४ खजुरीमा कुटपिट पछि घाइते भएका जयनाथ पंडीतको अवस्था नाजुक वन्दै गएको छ ।

कुटपिट पछि जनकपुर अंचल अस्पतालमा भर्ना भएको पंडीतलाई अस्पतालले भरतपुर अस्पतालमा रेफर गरेको थियो । भरतपुर अस्पतालमा उपचाररत पंडीतको विहिवार देखि नै अवस्था गम्भीर वन्दै गएको चिकित्सकहरुले वताएका छन ।

भरतपुर अस्पतालका चिकित्सक डा.एनमैयायाका अनुसार टाउको मा चोट लागेकोले पंडीतलाई इमरजेन्सीमा भर्ना गरिएको र उनको अवस्था नाजुक रहेको वताउदै अहिले नै केहि भन्न नसक्ने अवस्थामा रहेको वताए ।

गत भादो १ गते आइतवार गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि जयनाथ पंडीतमाथि मरनासन्न गरि कुटपिट गरिएको थियो ।
धनुषाको जनकनन्दनी गाउपालिका वार्ड नं ४ का २३ वर्षिय जयनाथ पण्डीतमाथि आइतवार साझमा गाउकै उपभोक्ता समितिका अध्यक्ष लगायतका १५ जनाका समुहले अचानक आक्रमण गरेर कुटपिट गरेपछि गम्भीर घाइते भएपछि आइतवार नै जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएका घाइते पण्डीतको टाउको मा बढि चोट लागेकोले सोमवार उनलाई भरतपुर रेफर गरिएको थियो ।

आइतवार पण्डीतले आफुले चलाउदै आएको फेसवुक पेज खजुरी डटकममा बजार सेट निमार्ण भएको एक महिनामा नै भत्किएको भन्दै केहि तस्वीरहरु अपलोड समेत गरेका थिए । सोहि विषयलाई रिसीवी वनाएर सो सेड वनाउने उपभोक्ता समितिका अध्यक्ष अशोक मण्डल लगायतका डेढ दजर्न समुहले आफु एक्लै भएको समयमा घेरेर निर्घात कुटपिट गरैको घाइते पण्डीतले वताए ।

यता कुटपिट गर्ने मध्ये अशोक मण्डल र सुनील मण्डललाई इलाका प्रहरी कार्यालय खजुरीले जमान्तमा रिहा गरिसकेको छ। घटनाको विषयमा छानवीन भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर चौधरीले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]