११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

सांसद विकास कोष तत्काल बन्द गर्न राष्ट्रिय एकता अभियानको माग

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ मंसिर । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ ।

अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिदै आइरहेको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष यथाशीघ्र बन्द गर्नुपर्ने ज्ञापनपत्रमा माग गरेको छ ।

आर्थिक मन्दीका कारण सर्वोच्च निकाय संघीय संसद नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जाँदा संसदमाथि जनताको भरोसा नै टुट्ने जोखिम पैदा भएको भन्दै सांसद विकास कोष बन्द गर्न अभियानको माग छ ।

बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरु डिप्रेसनको सिकार भएर आत्महत्या गर्न बाध्य भएको र कृषि उत्पादको उचित मूल्य तथा मल नपाएर कृषकहरुमा कृषिप्रति उदाशीनता छाएको अबस्था सृजना भएकाले आर्थिक भार कम गर्नुपर्ने अभियानको ज्ञापनपत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]