०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सिरहामा युवतीको हत्या गरेको आरोपमा दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ मंसिर । धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र वडा नम्वर १ का २० वर्षीय नितेश कुमार रजक रहेका छन् ।

कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनिया देवी कापरको मंगलवार हत्या भएको थियो ।

घटनापछि मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्‍त कुकुर सहितको टोलीको सहयोगमा उनी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालत, सिरहाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

हत्यापछि ति महिलाका आफ्न्त र स्थानीय मंगलवार मिर्चैयास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]