२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

एलएमसी कलेजका प्रमुख मनोज कर्णको नेतृत्वमा दर्जनौं जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, पुष ०१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ पौष ।सिरहाको लहानस्थित रहेको एलएमसी कलेजका प्रमुख मनोज कर्णको नेतृत्वमा विभिन्न पेशामा आवद्ध दर्जनौं व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

विहिबार लहान नगरपालिका वडा नम्बर -१ मा रहेको एक कार्यक्रमबीच प्रमुख कर्णको नेतृत्वमा दर्जनौं जना जनमत पार्टीमा प्रवेश गर्नुभएको हो।

पार्टी प्रवेश गर्नेमा रेन्बो इन्ट्रनेशनल स्कुल लहानका प्रमुख राजेन्द्र प्रसाद साह,मनोकामना ड्राइभरीङ्ग सेन्टरका प्रमुख दिलिफ कुमार,लहानका प्रख्यात शिक्षक अनिल कर्ण,शिव कुमार राय,बिरेन्द्र यादव,बिजय यादव,लहानका व्यवसायी क्षेत्रका हस्ती बिजय गुप्ता र प्रमकुमारी दाससहित दर्जनौं जना जनमत पार्टीमा प्रवेश गरेको एलएमसी कलेजका प्रमुख मनोज कर्णले जानकारी दिनुभएको छ।

उहाँहरुलाई जनमत पार्टीका सिरहा जिल्ला इन्चार्ज बिजय साह,पार्टीका नेता बालेश्वर यादवले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]