०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

मटिहानी गुठीका महन्थ पक्राउ

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

न्यूजमधेश डेस्क
जलेश्वर ,३ पौष ।प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको हो ।

महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको रु ७० लाख मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्थलाई पक्राउ गरिएको हो ।

सरकारी हस्ताक्षर कीर्ते गरेको आरोपमा पक्राउ गरिएको महन्थलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक पङ्गेनीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]