०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

संसदीय दलको नेतामा डा.सीके राउत चयन

Logo
प्रकाशित सोमबार, पुष ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ पौष। जनमत पार्टीले अध्यक्ष सीके राउतलाई संसदीय दलको नेता चयन गरेको छ । काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

दलको नेता चयन गरे पनि जनमत पार्टीले उपनेतामा अब्दुल खान  र प्रमुख सचेतक अनिता साहलाई गरिएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएको छ  । उनका अनुसार आज (सोमबार) बसेको बैठकबाट यस्तो निर्णय भएको हो ।

सचिवालय प्रमुख मण्डलले भने ,त्यसैगरी सचेतकमा गोभा लाभ सापकोटा ,सचिवमा बिनिता कुमारी सिंह र कोषाध्यक्षमा सोनु मुर्मु चयन भएको छ ।

जनमत पार्टीले प्रतिनिधिसभामा ६ सिट जितेको छ । एक सिट प्रत्यक्षबाट जितेको उक्त पार्टीले पाँच सिट समानुपातिक प्रणालीबाट प्राप्त गरेको हो। पार्टी अध्यक्ष राउत प्रत्यक्षतर्फको निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका हुन् ।

उक्त क्षेत्रमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै राउत पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । जनमत पार्टीले अहिलेको सत्ता गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने सहमति गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]