११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

न्यूजमधेश डेस्क
सर्लाही ,६ पौष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन ।

उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेको हो ।

हरिवनमा रहेको इन्दुशङ्कर र बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका भए पनि अन्नपूर्ण सुगर मिलले किसानको पुरानो उखुको भुक्तानी नगरेकाले सञ्चालनमा आउन नसकेको हो ।

जिल्लाका दुई चिनी मिलले पुस १ गतेबाट उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेका थिए । सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि बाँकी रकम भुक्तानी दिने सहमति चिनी उद्योगहरूले गरेका छन् ।

उखु किसानले उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा रु सात सय पाँच कायम गर्नुपर्ने माग गरेका उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । उहाँका अनुसार उखु किसानले चिनी उद्योगमा उखु पु¥याएपछि भुक्तानी पाउने झन्झटिलो प्रक्रिया र उखुको एकैपटकमा भुक्तानी नपाउदा किसान मारमा परेका छन् । तर खेतमा उखु सुक्न दिनुभन्दा उधारो भए पनि बेच्नुपर्ने किसानलाई बाध्यता छ ।

जिल्लामा करिब ३० हजार बिघा क्षेत्रफलमा उखुखेती हुने गरेकामा यस वर्ष आधाभन्दा पनि कम जमिनमा किसानले उखुखेती गरेका उखु उत्पादक किसानका अगुवा राजकुमार मैनालीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष करिब १४ हजार बिघा क्षेत्रफलमा उखुखेती भएको छ ।

इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले रु पाँच सय २० र सरकारले रु ७० किसानलाई भुक्तानी दिने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताउनुभयो । उखु उत्पादक किसानले सधैँ घाटा खाएर उखु बेच्नुपरेका कारण उखुको मूल्य बढाउन आफूहरूले माग राखेको उखु उत्पादक किसान महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]