२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

न्यूजमधेश डेस्क
पर्सा ,७ पौष । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ ।

राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी दिनुभयो ।

नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ । साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा प्रधानले जानकारी दिनुभयो ।

आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा प्रधानले बताउनुभयो।

यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उहाँको भनाइ छ । निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको रु १० हजारदेखि रु १२ हजार शुल्क लिने गरेका छन् । नारायणी अस्पतालले जम्मा रु पाँच हजार शुल्क तोकेको छ ।

पन्ध्र शैयया रहेको आकस्मिक डायलसिसमा दुई शैयया एचआइभी सङ्क्रमितका लागि छुट्याइएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन् । यी सबै मेसिन २४सै घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आए ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा प्रधानले बताउनुभयो ।

उहाँले भवन निर्माणका लागि सिद्धार्थ बैंकले रु ५५ लाख र अन्य सहयोगी दाताबाट रु पाँच लाख सहयोग गरी कूल रु ६० लाखमा डायलासिस सेवा सञ्चालनमा आएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]