२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

डा.सीके राउतले सपथ लिएको ‘मधेशी भाषा’ के हो ?

Logo
प्रकाशित शनिबार, पुष ०९, २०७९

डा.सीके राउतले सपथ लिएको ‘मधेशी भाषा’ के हो

नवीन झा
काठमाडौं ,९ पौष ।नवनिर्वाचित सासंदहरुले बिहीबार सांसद पदको सपथ लिएका छन्। नेपाल बहुभाषिक देश भएकाले सांसदहरुले आफूले रोजेको भाषामा सपथ लिन सक्ने व्यवस्था छ। त्यसैले २७ जना सासदहरुले नेपाली बाहेकको भाषामा सपथ लिएका हुन्। उनीहरुले नेपाली बाहेकका विभिन्न १४ भाषामा सपथ लिए।

जनमत पार्टीका अध्यक्ष सीके राउतसहित सोही पार्टीका अन्य दुई सांसदले ‘मधेशी भाषा’ मा सपथ लिएको रेकर्ड संसद सचिवालयको छ। राउतसहित जनमत पार्टीकी बनिता कुमारी सिंह र अनिता कुमारीले मधेशी भाषामा सपथ लिएका हुन्।

नेपालमा बोलिने भाषाहरुको सूचीमा ‘मधेशी भाषा’ भन्ने उल्लेख छैन। नेपालको पूर्वदेखि पश्चिमसम्मको तराई भागलाई राजनीतिक रुपमा मधेश भन्ने चलन र राजनीति भने पुरानै हो। २००७ सालकै सेरोफेरोदेखि नेपालमा मधेश राजनीति सुरु भए पनि भाषाको रुपमा मधेशी भाषा प्रयोग गरिएको देखिँदैन।

यसअघि मधेश केन्द्रित नेताहरुले पूर्वदेखि पश्चिमसम्मको मधेश भू-भागलाई जोड्ने भाषा हिन्दी भएको दाबी गर्ने गर्थे। त्यसैले मधेशको सम्पर्क भाषाका रुपमा हिन्दीको वकालत गर्थे। तर मंसिर ४ को निर्वाचनपछि पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेको जनमत पार्टीले मधेशी भाषालाई प्रयोगमा ल्याएका हुन्।

जनमत पार्टीले प्रतिनिधि सभामा ६ सिट जितेका छन्। प्रत्यक्षतर्फ अध्यक्ष राउत निर्वाचित भएका थिए भने समानुपातिकतर्फ ५ सिट जितेको थियो।

के हो मधेशी भाषा?
सांसद पदको सपथमा राउतले रेकर्डमा राखेको मधेशी भाषा के हो भन्ने चासो बढेको देखिन्छ। राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष दीपक साहले आफूहरुले मधेशभरिकै सम्पूर्ण भाषाहरुको परिवारलाई जोडेर बृहत रुपमा मधेशी भाषाको अवधारणा ल्याएको बताए।

साहले मधेशी भाषाका लागि राउतले ११ वर्ष पहला धेरै काम पनि गरेको पनि जानकारी दिए। त्यसक्रममा १५ सयभन्दा बढी पृष्ठको दस्तावेज पनि तयार गरिएको उनको भनाइ छ।

‘हामीले त्यतिबेलै त्यसलाई प्रकाशन पनि गर्ने सोच बनाएका थियौँ। तर सकेनौँ’, उनले भने, ‘त्यसलाई हामीले अब थप छलफल गरेर प्रकाशन गर्ने र मधेशमा प्रयोगमा ल्याउने छौँ।’

साहले भनेको जस्तो राउतको नेतृत्वमा मधेशी भाषाका सन्दर्भमा ११ वर्ष पहिला गरिएको अध्ययनमा के छ त?

त्यो अध्ययनको संयोजकको भूमिका समेत निर्वाह गरेका साहका अनुसार मधेशका पूर्वदेखि पश्चिमका थारु समुदायसम्मले बोल्ने मातृभाषा भाषाहरुलाई यसमा समेटिएको छ। त्यसको साथै पूर्वदेखि पश्चिमसम्मका मधेशी र थारु समुदायले बुझ्ने गरी चलनचल्तीका शब्दहरुको साझा अर्थ निस्कने गरी हिन्दीमा रुपान्तरण पनि गरिएको छ।

साह भन्छन्, ‘हाम्रो निष्कर्ष पनि पूर्वदेखि पश्चिमसम्मको मधेशलाई हिन्दीले नै जोड्ने हो। तर स्थानीय मातृभाषाहरुलाई प्राथमितकतामा राखेर सम्पर्क भाषाको रुपमा मात्रै हामीले हिन्दीमा अर्थहरु राखेका छौँ।’

उनका अनुसार यो अध्ययन गरिँदा मधेशमा बोलिने सबै मातृभाषाहरुका भाषाविद्हरु र संस्कृतिविद्हरुसँग समेत कुराकानी र छलफल गरिएको थियो। ‘अध्यन टोलीमै पनि हामीले पूर्व र पश्चिमका केही भाषाविद् र संस्कृतिविद्हरुलाई राखेका थियौँ’, साहले भने, ‘त्यतिबेला हामीले मध्यदेशीय भाषा भनेका थियौँ। तर, अहिले अब मधेशी भाषाको रुपमा हामीले प्रयोग गरेका छौँ।’

त्यसो भए, बिहीबार जनमत पार्टीका अध्यक्ष राउतले लिएको सपथको भाषा व्यहोरा के थियो त? साहका अनुसार, राउतले लिएको सपथको भाषाको व्यहोरा पूर्णरुपमा मैथली नै थियो। ‘उहाँको मातृभाषा मैथली हो’, उनले भने, ‘त्यही भएर उहाँको सपथको भाषाको व्यहोरा पनि मैथलीमै थियो। तर हामीले मैथली, भोजपुरी, अवधी, थारु, सन्थाल लगायतका मधेशमा बोल्ने सबै भाषाहरुमा एकरुपता ल्याउन चाहेका छौँ। त्यही भएर मधेशी भाषाको शब्दावली प्रयोग गरेका हौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]