१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

धनुषामा चाउचाउ खाएर सुतेकी बालिका मृत अवस्थामा फेला

Logo
प्रकाशित शनिबार, भाद्र ०७, २०७६

संतोष सिंह ,जनकपुरधाम।धनुषाको तेजनगरमा चाउचाउ खाएर सुतेको बालिकाको मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए ।

शुक्रबार साँझ २९ वर्षीया आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र ४ वर्षीय भाइ राकेश चाउचाउ खाएर सुतेका थिए । शनिबार बिहान बालिका मृत अवस्थामा फेला परेकी थिइन् । आमा र छोरा सिकिस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गराइएको प्रहरी निरीक्षक थापाले बताए ।

आमा छोरोको स्थानीय अस्पातलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हाल दुवैको अवस्थामा सुधार आएको छ । अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थापाले बताए ।

सँगै चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको मृत्यु हुन सक्ने अनुमान गरिएपनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । मृतक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको खाली प्याकेट प्रहरीले बरामद गरेको छ ।

बालिकाको मृत्यु र एकै परिवारका २ जना सिकिस्त हुँदा घरका सबै सदस्य अस्पतालमा रहेकाले थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमुना संकलन गरेको छ । बालिकाको मृत्यु बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]