११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ पौष । जनकपुरधाममा अगामी माघ १५ गतेदेखि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागि हुने छन् । करिव १६ वटा टिमलाई चार समुहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता हुने छन् ।

सो भन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागि गराइने आयोजक साहले बताए । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छन् ।

प्रतियोगितामा खेलाडीहरुको प्रोत्साहनको लागि सबै विद्यामा पुरुस्कारको व्यवस्था गरिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकास प्राप्त गरेका नविन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले स्वास्थ्य र मानसिक रुपमा स्वस्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ ।

पुरुस्कारको विषयमा तय नभएको र पछि आयोजक टिमले उचित व्यवस्था गरिने छन् । खेलमा सहभागि हुने टिमसँग न्युनतम शुल्क पनि लिइने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]