०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

मन्त्रीको सपथ लिए लगत्तै कुशवाहाले गरे सहिद परिवारलाई सम्मान

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ पौष।डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशमा नवनियुक्त मन्त्री ई. बसन्त कुशवाहाले सहिद परिवारलाई सम्मान गर्दै काम थाल्नी गर्नुभएको छ ।

शुक्रवार मन्त्री पदको सपथ लिएपछि उनले मधेश आन्दोलनको क्रममा मारिएका ब्रहमदेव ठाकुरका आमा मलिनिया देवीलाई सम्मान गरेर काम सुरु गरेका हुन् ।

जनमत पार्टीका प्रदेशसभा सदस्यहरु तथा पार्टीका नेताहरु सहित मन्त्री कुशवाहा गणेशमान चारनाथ नगरपालिका—१ स्थित छघरियामा रहेको उनको घरमै पुगेर दोसल्ला ओढाएर मलिनियालाई सम्मान गरेका छ्न ।

आर्थिक अवस्था दयनीय रहेको उनको परिवारलाई प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने कुशवाहाले आश्वासन दिए । जनमत पार्टीले सहिद परिवारलाई पनि पहिलै प्राथमिकतामा राखेर काम गर्नेछ ।

२०६३ माघमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको वीरेन्द्रबजार चोकमा प्रहरीले चलाएको गोली लागेर १७ वर्षीय ब्रह्मदेवको मृत्यु भएको थियो । मधेश आन्दोलनमा मारिएका उनी धनुषाका पहिलो सहिद हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]