०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा जनमत पार्टीद्वारा दीप प्रज्वलन

Logo
प्रकाशित सोमबार, माघ ०२, २०७९

जनकपुरधाम,२ माघ।आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा निधन भएकाहरूको सम्झनामा सोमबार साँझ जनकपुरधामको जनकचौकमा दीप प्रजवलन गरिएको छ ।

जनमत पार्टी धनुषाले आज साँझ मधेश प्रदेशको राजधानी जनकपुरधामको जनक चौकमा दीप प्रज्वलन गरी शोक मनाएका हुन्।

आइतबार बिहान काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको बिमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेतो खोचमा दुर्घटनामा परेको थियो ।

उक्त विमानमा सवार चालक दलका चार सदस्यसहित कूल ७२ जनाको निधन भएको छ । वरिष्ठ क्याप्टेन कमल के.सी र पाइलट अञ्जु खतिवडाले उडाएको उक्त विमानमा १५ जना विदेशी नागरिक सवार थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्यले खोज तथा उद्दार गरेर सबै शवहरू फेला पारेका छन् ।

सो कार्यक्रममा मधेश प्रदेशका सांसद संजय कुमार यादव,गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साह,जनमत पार्टीका नेताकार्यकर्ताहरुकोसमेत उपस्थितिमा दीप प्रज्वलन गरि ज्यान गुमाएकाहरुलाई आत्माको शान्तिको कामना गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]