१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

मधेशी सहिदको सम्मानमा संसदमै डा.सीके राउतले गराए मौन धारण

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,५ माघ। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् ।

प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् ।

मतदानअघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि जनाए ।

मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए ।

मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्दा सांसदमा केही उठे, केही उठेनन् । सुरुमा मधेश केन्द्रित दलका सांसदहरु मात्र उठेका थिए, त्यसपछि अरु सांसदहरु पनि उठे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उठेनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]