०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

मधेशी सहिदको सम्मानमा संसदमै डा.सीके राउतले गराए मौन धारण

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,५ माघ। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् ।

प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् ।

मतदानअघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि जनाए ।

मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए ।

मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्दा सांसदमा केही उठे, केही उठेनन् । सुरुमा मधेश केन्द्रित दलका सांसदहरु मात्र उठेका थिए, त्यसपछि अरु सांसदहरु पनि उठे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उठेनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]