२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

प्रदेश सांसद सिंहले लौनियामा क्रिकेट प्रतियोगिताको गरे उद्घाटन

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,५ माघ।सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-२ लौनियामा क्रिकेट प्रतियोगिता-२०७९को उद्घाटन गरिएको छ ।

लौनिया युथ क्रिकेट समितिको आयोजना तथा तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर २को सहयोगमा हुन लागेको यस प्रतियोगिताको बिहिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले आयोजक लगायत खेलाडीहरुसँग क्रिकेट टेनिस बलले नभई ड्युज बलले खेल्न खेलाउन आग्रह गरे । ‘क्रिकेटको आयोजना कम भएपनि खेलमा ड्युज बलको प्रयोग गर्नुस्’ उनले भने ‘यसले खेल्ने स्तर सुध्रिन्छ र खेलाडीले पनि राष्ट्रिय स्तरका खेल खेल्ने मौका पाउनेछन् ।’

उनले प्रदेश सभा सदस्यको रुपमा तथा आफ्नो व्यक्तिगत तर्फबाट खेलमा गर्न सक्ने सहयोग गर्ने बाचा गरे । तिलाठीकोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका सिंहले विकासको काममा पालिकालाई आवश्यक सहयोगको लागि सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]