१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

राजविराजको विकासका लागि मास्टर प्लान आवश्यक :सांसद यादव

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,६ माघ।मधेश प्रदेशसभा सदस्य तथा जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिकाको विकासका लागि मास्टर प्लानको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् ।

उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको उचित समाधानका लागि नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुप्रती आफू गम्भिर रहेकोले त्यसका लागि प्रदेश स्तरबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“म यसै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहेको नाताले यस पालिकाको विकासका लागि हरसम्भव प्रयत्नरत रहने छु ।” उनले भने, “बिकासिय कार्य तथा योजनाहरु सानो सानो रुपमा हरेक वडा स्तरबाट संचालन भइरहेकोले नगर क्षेत्रलाइ सौन्दर्यकरण गर्न र सम्पुर्ण वडालाई एक साथ बिकासको बाटोतर्फ डो¥याउन एउटा मास्टर प्लानको तहत बृहत् योजना बनाएर अगाडि बढाउनुपर्छ ।”

सप्तरी क्षेत्र नं. २ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य यादवले यस्ता बृहत मास्टर प्लानका लागि आफ्नो पनि सहयोग रहने र जसरी भए पनि नगरपालिका क्षेत्रभित्र लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, योजना शाखा प्रमुख तथा १६ वटै वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]