०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

आईसीयूको भिडियो सार्वजनिक भएपछि राज्यमन्त्री कार्कीको आलोचना

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११ माघ। स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले मंगलबार आत्महत्याको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

अघिकांश आलोचकहरुले आईसीयूजस्तो संवेदनशील स्थानमा गएर बिरामीलाई भेटेको, उनीसँग विभिन्न प्रश्न सोधेर केरकार गरेको र सस्तो लोकप्रियताका लागि भिडियो समेत खिच्न लगाएर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन्।

आईसीयूमा गएर बिरामीको केरकार गरेको भन्दै डा नवरत बाँनियाले चिकित्सकको नैतिकतामा प्रश्न गर्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘किन यस्तो? घाइते प्रेम आचार्यलाई आईसीयू कक्षभित्र भेट्न गएकी डा तोसिमा कार्की आफैं चिकित्सक हुन्। त्यो अवस्थामा केरकार गर्न हुँदैन भन्ने इथिक्स उनमा थिएन? नाङ्गो हातले आईसीयूको बिरामी छुन हुँदैन भन्ने चेत पनि हराएकै हो त? उनको डाक्टरीमाथि राजनिति हाबी भो। सम्हाल्लिनु पर्‍यो।’

यस्तै, ट्विटरका अर्का प्रयोगकर्ता प्रमित लिबाङ्गीले राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालमा चर्को प्रचार गर्न खोजेको आरोप लगाएका छन्। ‘तोसिमा कार्कीलाई आईसीयू भित्रको संवेदनशीलता समेत ज्ञान रहेनछ। पेशागत डाक्टर अनि मेडिकल काउन्सिलमा बसेको मान्छे। पेशागत क्षेत्रको मान्छे मन्त्री भएको के अर्थ भो यसरी। के सारो सस्तो प्रचारको खाँचो हो?’

यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्कीले बिरामीलाई भेटेको भन्दै कटाक्ष गरेका छन्। उनले लेखेका छन्, ‘राज्यमन्त्री तोसिमा कार्की राम्रो सम्भावना भएकी व्यक्ति हुन्। राजनीतिमा उनको प्रवेश स्वागतयोग्य छ। बिरामी भेट्न जानु राम्रो हो। तर, ८० प्रतिशत जलेर जीवन मृत्युको दोसाँधमा रहेका बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित लिएर आईसीयूमा जानु स्वयं चिकित्सक पनि रहेकी कार्कीको काम ठीक लागेन।’

मन्दिरा नाम गरेकी एक ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, ‘बिरामी भेट्न जानुपर्थ्यो ठीक भयो। तर, राज्यमन्त्रीज्यूलाई मेरो प्रश्नः तपाईं आफैं डक्टर हो नि, आईसीयूमा रहेका सिरियस बिरामीलाई भेट्न जाँदा मिडिया लिएर जान जरुरी हो, लैजान मिल्छ? त्यो ठाँउको संवेदनशिलतालाई किन गम्भीर रुपमा लिनु भएन? तपाईं पनि मिडियाबाजी गरेर हिट हुने बिचार गर्नु भाको होर?’

यस्तै, अस्मिनी भेट्वालले लेखेकी छन्, ‘युवा नेतृत्वको परिभाषा नै सस्तो लोकप्रियता र मिडियाबाजीमा सीमित हुने भयो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]