०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

धनुषामा पेस्तोलसहित २८ वर्षीय महतो पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ माघ।धनुषामा पेस्तोल र त्यसमा लोड भएको दुई राउण्ड गोली र एक म्याग्जिन सहित एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको मिथीला नगरपालिका-२ नकटाझिझ चौकबाट सोही पालिकाको वडा नम्बर-७ बस्ने जोगिन्द्र महतो को छोरा अन्दाजी २८ वर्षको रौशन महतो पेस्तोलसहित बिहीबार बेलुका पक्राउ परेका हुन् ।

ईलाका प्रहरी चौकी महेन्द्रनगर, धनुषाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले शंका लागी चेकजाच गर्दा महत्तोको साथबाट माउजर पेस्तोल एक थान, लोड गरेको दुई थान गोली र एक म्याग्जिन बरामद भएको हो ।

प्रहरी नियन्त्रणमा रहेका महत्तोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]