१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

आत्महत्या गरेका रामदेव मरिककाे घरमा पुगे डा.सीके राउत

Logo
प्रकाशित आइतबार, माघ १५, २०७९

न्यूजमधेश डेस्क
राजविराज, १५ माघ । ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का रामदेब मरिकको घरमै पुगेर जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत उनको समस्या बुझ्नुभएको छ।

आइतबार सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.सीके राउत र प्रदेश सभा सदस्य सतिश कुमार सिंहसहित्को टोलि उनको घरमा पुगेर आत्महत्या गर्नुको कारण र समस्याहरु बारे जानकारी लिएको

सहकारीको ऋण तिर्न नसकेको भन्दै गत मंगलबार छिन्नमस्ता २ बस्ने मरिकले झुन्डिएर आत्महत्या गरेका थिए ।

गत बैशाखमा २० वर्षीय जेठो छोरा राजकुमार मरिकको भारतबाट विवाह गरेका रामदेवले त्यसबेला गाउँमै ब्याजमा ऋण लिएका थिए । त्यसले पनि नपुग्ने देखेपछि श्रीमती उर्मिलादेवीलाई वित्तीय संस्थामा आबद्ध गराउँदै उर्मिलादेवीको नाममा ०७८ मंसिर १३ मा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट १ लाख ७० हजार ऋण लिएका थिए ।

हरेक महिनाको ९ गते वित्तीय संस्थाको किस्ता तिर्नुपर्नेमा सोमबार उर्मिलादेवी समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएको र किस्ता तिर्ने पैसा नभएपछि रामदेवले श्रीमती उर्मिलालाई मेरो पति घरमा छैन भनेर सुनाइदिन अह्राएका थिए ।

तर, मंगलबार जसरी भए पनि किस्ता बुझाउनु भनेर गएपछि रामदेव सोमबार साँझदेखि नै गाउँमा ऋण खोज्न थालेका थिए । रामदेवले कर्जा चुक्ता गर्न नसक्दा तनावमा रहेका कारण आत्महत्या गरेको परिवारजनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]