०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनकपुरधाममा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ माघ । जनकपुरधामको रंङभुमी मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार (आज)देखि अण्डर–१६ प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक स्केण्ड्री इगलिश बोर्डडिङ स्कुल र सिदार्थ शिशु सदन माविबीच भइरहेको छ ।

खेलको उद्घाट जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किसोरी साह र वडा नम्बर ९ का वडाध्यक्ष परेमेश्वर साह संयुक्त रुपमा गरेका थिए । खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख साहले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकट संघलाई सुझाब पनि दिए । ‘पहिला खेलसँग लगाब थियो । दैनिक खेल खल्थे,’उनले विगत सम्झिदै भने,‘अव खेलमा लगानी गर्ने ठाउँमा छु । खाका लिएर आउनुस्, सक्दो सहयोग गर्छौं ।’

अन्य वक्ताहरुले खेल मैदानको अभाव बारे गुनासो गरेका थिए । धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए । ‘वर्षौदेखि खेलको समस्या जहाँको त्यँही छ,’उनले भने,‘तर अहिले सम्म सरकारले एउटा भएको मैदानलाई व्यवस्थित बनाउन सकेको छैन् । नेता र जनपतिनिधिहरु चुनावको बेला मात्रै ठुला ठुला भाषण गर्छन् ।’

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोपतामा १२ वटा विद्यालयको टिम सहभागिता जनाएका छन् । तीन समुहमा विभाजन गरी लिग प्रणालीमा क्रिकेट प्रतियोगिता भइरहेको छ । प्रतियोगिता सम्पन्न भएपछि प्रतिभावान खेलाडीहरुको समुह बनाएर नियमित प्रशिक्षण दिइने आयोजक संस्थाको तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]