१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

जनकपुरधाममा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ माघ । जनकपुरधामको रंङभुमी मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार (आज)देखि अण्डर–१६ प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक स्केण्ड्री इगलिश बोर्डडिङ स्कुल र सिदार्थ शिशु सदन माविबीच भइरहेको छ ।

खेलको उद्घाट जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किसोरी साह र वडा नम्बर ९ का वडाध्यक्ष परेमेश्वर साह संयुक्त रुपमा गरेका थिए । खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख साहले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकट संघलाई सुझाब पनि दिए । ‘पहिला खेलसँग लगाब थियो । दैनिक खेल खल्थे,’उनले विगत सम्झिदै भने,‘अव खेलमा लगानी गर्ने ठाउँमा छु । खाका लिएर आउनुस्, सक्दो सहयोग गर्छौं ।’

अन्य वक्ताहरुले खेल मैदानको अभाव बारे गुनासो गरेका थिए । धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए । ‘वर्षौदेखि खेलको समस्या जहाँको त्यँही छ,’उनले भने,‘तर अहिले सम्म सरकारले एउटा भएको मैदानलाई व्यवस्थित बनाउन सकेको छैन् । नेता र जनपतिनिधिहरु चुनावको बेला मात्रै ठुला ठुला भाषण गर्छन् ।’

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोपतामा १२ वटा विद्यालयको टिम सहभागिता जनाएका छन् । तीन समुहमा विभाजन गरी लिग प्रणालीमा क्रिकेट प्रतियोगिता भइरहेको छ । प्रतियोगिता सम्पन्न भएपछि प्रतिभावान खेलाडीहरुको समुह बनाएर नियमित प्रशिक्षण दिइने आयोजक संस्थाको तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]