०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

न्यूजमधेश डेस्क
राजविराज, १८ माघ ।जातीय छुवाछुत निर्मुल पार्न देशमा ऐन, कानुन बनिसक्दा पनि यो नियन्त्रण हुन सकेको छैन् । उपल्लो जातले दलितसँग र दलितभित्रका सानो जातलाई दलितभित्रकै उपल्लो जातले अहिले पनि छुवाछुतको नजरबाट हेर्ने गर्छन् ।

जातीय छुवाछुत कायम रहेको अवस्थामा पनि उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग भागेर भएपनि विवाह गरेका घट्ना बाहिर आउने गर्दछ । उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग विवाह गरेको सुनिएपनि मधेशका जिल्लामा उपल्लो जातकी महिलाले तल्लो जातका पुरुषसँग विवाह गरेको दृष्टान्त न्यून नै छ ।

सप्तरीमा भने कसैले सोंच्न नसकेको एउटा विवाह भएको छ । मधेशमा सबैभन्दा तल्लो जातको रुपमा हेरिने डोम समुदायका पुरुषसँग उपल्लो जातकी महिलाले विवाह गरेको पाइएको छ । सुन्दा एकछिन विश्वास नलाग्ने घट्ना यथार्थ हो । र, डोम समुदायका पुरुषसँग विवाह गर्ने महिला खुशी–खुशी जीवन बाँचिरहेकी छन् ।
जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर २, हर्दिया टोल निवासी रत्ना मरिक डोमसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् लक्ष्मीकुमारी दास । सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडा माइती भएकी दास र मरिकबीच एक दशकअघि नै विवाह भएको हो । अहिले दुबैका चार जना छोरी छन् । जेठी छोरी ९ बर्षका, माइली ६ बर्षका छोरी रहेका रत्ना र लक्ष्मीलाई ३ बर्षअघि पनि जुम्ल्याहा छोरी नै जन्मिएको छ ।

विवाह गर्दाको शुरुवाती केहि बर्ष दुःख झेल्नुपरेका दुबै अहिले राम्रोसँग बसिरहेको बताउँछन् । लक्ष्मी अहिले ३९ बर्षको पुगेकी छन् भने रत्ना ४१ बर्षका भएका छन् ।

रक्सी बेच्दा र पिउँदाको प्रेम
सप्तरीको तत्कालिन पत्थरगाडा गाविस घर भएकी लक्ष्मी र हर्दिया गाविस घर भएका रत्नाको भेट्ने कुनै तात्पर्य नै हुँदैन्थ्यो । यो दुबै ठाउँ दूरीको हिसाबले पनि टाढा नै छ ।

लक्ष्मीका बुवा झण्डै दुई दशकअघि सिरहाको लहानस्थित खुटी खोला छेउमा रक्सी पसल थापेका थिए । डोम समुदायका रत्ना साथीसँग उनको पसलमा प्रायः रक्सी पिउन गइरहेका हुन्थे । लक्ष्मी पनि कहिलेकाहीं पसलमा आउँथिन् । घरबाट आवतजावत गरेपनि लक्ष्मी र रत्नाको देखादेख प्रायः हुन्थ्यो । ‘मलाई त शुरुमै लक्ष्मी राम्री लाग्न थालेकी थिइन्’ रत्ना सम्झन्छन्, ‘त्यस बेला त्यो कुरा सोंच्नु पनि पाप थियो । कारण, म जातको डोम, अनि लक्ष्मी उपल्लो जातकी ।’

भित्रभित्रै लक्ष्मीलाई मन पराउन थालेको रत्ना भने यो कुरा कसैसामु व्यक्त गर्न सक्तैन्थे । भन्छन्, ‘यो कुरा कसैले थाहा मात्र पाएको भए मलाई त्यस बेला मा¥थ्यो ।’

रत्ना मात्रै होइन लक्ष्मी पनि रत्नालाई भित्रभित्रै मन पराउन थालेकी थिइन् । तर, परिवारले कहिले नस्वीकार्ने भनेर उनी पनि चुप लागेरै बसिन् । भन्छिन्, ‘दुई चार दिनमै उहाँ राम्रो मान्छे हो भन्ने लागिसकेको थियो । तर, व्यक्त गर्ने ठाउँ पाइनँ । बुवाले थाहा पाएको भए खोलामै काटेर फालिदिने डर थियो ।’

डोम जातीको पानी समेत नखाने समाजले डोम पुरुषसँग माया, प्रेम अनि विवाहको कुरा सोंच्नु पनि विद्रोको कुरा थियो लक्ष्मीका निम्ति । उनी तत्काल यो बिद्रोको मनस्थितिमा पुगिनन् । दुबै जना मनमनै आपसी प्रेमको कुरा खेलाइरहन्थे ।

‘कहिलेकाहीं त रक्सी पिउन किन आएको भनेर रत्नालाई गाली पनि गरिहल्थें’ लक्ष्मी सम्झिन्छिन्, ‘तर, कुनै उत्तर आउँदैन्थ्यो ।’
त्यहीं जिस्काजिस्कीमा एकले अर्कालाई प्रेमको प्रष्टफुटित गरिएको बताउँछन् रत्ना र लक्ष्मी । दुबैलाई एकअर्काप्रति प्रेम भएको भाव बाहिरिएपछि एक भएरै छाड्ने उनीहरुले प्रण गरे । दुबै भागे । र, मन्दिरमा विवाह गरे ।

विवाहपछिको पीडा
डोम समुदायका पुरुष र उपल्लो जातकी महिलाले भागेर विवाह गरेको कुरा केहि दिनमै गाउँभरि फैलियो । रत्नालाई त उनकै परिवारले मार्नका लागि खोज्न थालेको बताउँछन् स्थानीय बालेश्वर चौधरी । ‘उनको परिवारले समातेर नबुझाए समग्र परिवारलाई नै ज्यानको जोखिम थियो’ चौधरी भन्छन्, ‘त्यस बेला रत्ना र लक्ष्मी लुकी–लुकी केहि बर्ष बिताएका थिए ।

पछि रत्नाको परिवारले वास्ता गर्न छोडेपछि दुबै खोला छेउमा टहरा बनाएर बसेका थिए ।

यता, लक्ष्मीको परिवारले धेरै दिनसम्म उनको खोजी ग¥यो । पछि उनीहरुले पनि वास्ता गर्न छाडेको लक्ष्मी बताउँछिन् । माहौल शान्त भएपछि दुबै जना मिलेर सरसफाईको काम थाले । अहिले गाउँमै सानो घर बनाएर उनीहरु जिविकोपार्जन गरिरहेका छन् ।
‘त्यस बेलाको पीडाबारे नसोध्नुस, धेरै याद पनि छैन’ आईतबार जिल्ला प्रशासन कार्यालय, राजविराजमा रत्नासँगै भेटिएकी लक्ष्मी भन्छिन्, ‘हाम्रो विवाह लेखिएको थियो, भयो । अब यसबारेमा केहि भन्दिनँ ।’

आफ्ना पिताका चार सन्तानमध्ये लक्ष्मी जेठी थिइन् । विवाह गरेपछि अहिलेसम्म माइततिरका कसैसँग पनि उनको सम्बन्ध छैन् ।
उनी नागरिकता बनाउन आफ्ना पति रत्नालाई लिएर जिल्ला प्रशासन कार्यालय आएकी थिइन् । भन्छिन्, ‘नगरपालिकामा सरसफाई गर्ने कामका लागि पनि नागरिकता माग्दा बनाउन आएकी हुँ ।’

दुबैले २०७० सालमै विवाह दर्ता गराइसकेका छन् । लक्ष्मीले थपिन्, ‘सानो जातका पुरुषसँग विवाह गर्दा सरकारले रकम दिने कुरा सुनेकी छु, तर पाउन सकेको छैन् । यसो दिलाइदिनुसन् ।’- ग्रीनमधेश

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]