१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

शान्ती सामुदायिक सेवा केन्द्रद्वारा डा सीके राउत सम्मानित

Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

जनकपुरधाम।श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधामको वडा नंं ८ को शान्ति सामुदायिक सेवा केन्द्रले वडा नंं ८ मा बसोवास गर्नु भएका डा सीके राउत र विभिन्न क्षेत्रमा विषेश योगदान दिनु भएका विभिन्न व्यक्तिहरुलाई एक कार्यक्रमका बीचमा शनिबार सम्मानित गरेका छन ।

जनकपुरधाम वडा नंं ८ मा बसोवास गर्नु भएका विद्वान तथा मधेश अधिकारका लागि संघर्ष गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख रिता कुमारी मिश्र, सन्त कविर अनाथ वालवात्सल्य आश्रमका सञ्चालक सत्यामरायण आलोक, बरिष्ठ पत्रकार तथा रेडियो नेपालका सम्वाददाता अजय कुमार झा, समाजसेवी एवं नेकपाका नेता मोहन उपाध्याय, जनकपुरधाम उपमहानगरपालिका वडा नंं ७ का वडाध्यक्ष जानकी राम साह र जनक हजारी विद्यापीठका प्राचार्य विजय चौधरी समेत सम्मानित भएको छ।

कार्यक्रममा सम्मानित व्यक्तिहरु मध्ये जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भगवान श्रीकृष्णको गीतामा उल्लेख भएका कुराहरु हरेक यूवाहरुले अनुसरण गरेको खण्डमा परिवार तथा समाजमा स्वतः समृद्धि तथा विकास हुने बताएका थियो। उहाले भगवान श्रीकृष्णले कर्मलाई प्रधानता दिएकामे बताउदै यूवाहरुले सत्कर्म गरेको खण्डमा सवै प्रकारको सामाजिक समस्याहरुको समाधान हुने पक्का रहेको बताउनुभयो ।

सम्मान तथा सांस्कृतिक कार्यक्रमको सम्बोधन डा सीके राउत गर्दै ( Full speech )

https://www.youtube.com/watch?v=rvBpZ55m8oM

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जनकपुरधाम उपमहानगरपालिकामा रहेको थोरै विकास बजेटको सदुपयोग गराउनका लागि प्रतिबद्ध रहेको बताउनु भयो । उहाले कामकाजमा गुणस्तरीयता नभएको खण्डमा आफूलाई जानकारी गराउनका लागि आग्रह पनि गर्नुभयो । कार्यक्रममा बोल्दै कविर अनाथ वालवात्सल्य आश्रमका सञ्चालक सत्यानारायण आलोकले यूवाहरुमा सकारात्मक शोचको विकास भएको खण्डमा समाजमा भएका धेरै विकृतिहरुको समाधान गर्न सकिने बताउनुभयो ।

बरिष्ठ पत्रकार अजय कुमार झाले बाल्मिकी नगरका युवाहरुमा आएको परिवर्तन तथा चेतनाको कारणले नै यस्ता प्रकारका सकारात्मक शोचको विकास भएको बताउदै सामाजिक परिवर्तनका लागि शिक्षा, स्वास्थ्य, सरसफाई तथा विकास निर्माणमा एक ढिक्का भएर अगाडी बढ्नका लागि सझाव दिनुभयो । शान्ति सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोपाल साहको अध्यक्षतामा भएको सम्मान तथा सांस्कृतिक कार्यक्रममा वडा नंं ७ का वडाध्यक्ष जानकी रमन साहले पनि शुभकामना दिनु भएको थियो ।

सो अवसरमा विभिन्न प्रकारका सास्कृति कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो । साथै सो ठाउँमा भव्य कृष्णको प्रतिमा स्थापना गरेर पूजापाठ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]