०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ माघ। निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ ।

युवराज पौडेल सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै स्वतन्त्र पार्टी नै खारेजीको माग गर्दै निवेदन दिएका हुन ।

गत साता सर्वोच्च अदालतले नेपाली नागरिकता नलिइकन प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको भन्दै उनको उपप्रधान तथा सांसद पद खारेज गरिदिए पछि लामिछाने दुवै पदवाट मुक्त भएका थिए । सिन्धुलीका पौडेलको समेत निवेदनका कारण उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी मुक्त भएका लामिछानेको पार्टी नै गलत कागजात पेश गरी दर्ता गरेको भन्दै उनले निर्वाचन आयोगमा उजुरी दिएका हुन ।

दोहोरो पासपोर्टमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा हिजो उजुरी दिएका पौडेल आज निर्वाचन आयोग पुगेका हुन । सर्वोच्च अदालतको पुर्ण पाठ नआएसम्म काठमाडौं प्रहरीले भने हिजो दिएको उजुरी दर्ता गरेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]