१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

भ्रष्टाचारको आरोप लगाउदै विद्यार्थीहरुले दले प्रधानाध्यापकलाई कालोमोसो

Logo
प्रकाशित बुधबार, माघ १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ माघ। धनुषाको शहिदनगर नगरपालिका ७ धवौलीमा रहेको एस.एन.आर. जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुव्र्यवहार गरेका छन् ।

पठनपान अस्तव्यस्त पारेको र करोडौं रुपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक गोहिबारमाथि कालो रंग फालेर दुव्र्यवहार गरेका हुन् । विद्यार्थीहरुले प्रधानाध्यापक गोहिवारमाथि कालो रंग दल्नुका साथै विद्यालयमा तालाबन्दी समेत गरेका छन् ।

पठनपाठन सुधार्न र हरहिसाव सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेपछि बाध्य भएर प्रधानाध्यापक गोहिवारमाथि कालोमोसो दलेको विद्यार्थी सुजित कुमार मण्डलले बताए ।

उनले भने, ‘यस्तो हेडसर हामीलाई चाहिदैन । विद्यालयमा कुनै नियम नै छैन । सरस्वती पूजामा घटना हुँदा पनि केहि गर्नुभएन ।’ भवन निर्माण, छात्तवृत्ति र पोशाक वितरण, कम्प्यूटर खरिद लगायतका शिर्षकमा प्रधानाध्यापक गोहिवारले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उनले आरोप लगाए ।

अर्का विद्यार्थी जयकिसन पासवानले कक्षाकोठा समेत सफा नहुने गरेको गुनासो गरे । उनले भने, ‘४÷५ दिन भयो लोखर्के (लुखी) मरेको । तर अहिलेसम्म क्लास सफा गरिएको छैन । गन्हाइरहेको छ ।’

उनले प्रधानाध्यापक गोविवार चरम लापरबाही गर्ने गरेकाले अर्को प्रधानाध्यापक नआएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने चेतावनी दिए । उनले छात्रवृत्ति वितरण र पाठ्यपुस्तकको भर्पाइ, धानबालीबाट भएको आम्दानी र खर्च विवरण, खाजा व्यवस्थापन खर्चको विवरण लगायत सबै हरहिसाव सार्वजनिक गर्नुपर्ने पनि माग गरे ।

प्रधानाध्यापक गोहिवारमाथि अभिभावकहरु पनि आक्रोश पोखेका छन् । अभिभावक दिपेश यादव भन्छन्, ‘उहाँ (प्रधानाध्यापक) आएदेखि अहिलेसम्म अभिभावक भेला गर्नुभएको छैन । यो विद्यालयमा उहाँले चरम लापरबाही गर्नुभएको छ । त्यसैले विद्यार्थीहरुले गरेको कारबाही सही हो ।’

अभिभावक यादवले पनि सरकारले बालबालिकाका लागि खाजाको व्यवस्था गरिए पनि प्रधानाध्यापक गोहिवारले कहिल्यै खाजा नखुवाएको बताए । उनले विद्यालयको रुख विरुवाहरु अनाधिकृत रुपमा कटान गरी रुपैयाँ चलाएको पनि प्रधनाध्यापक गोहिवारमाथि आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]