०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

विद्यालयबाट चोरी कम्यूटरसहितका समान डेरीबाट बरामद, दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ माघ । धनुषाको औरही गाउँपालिका १ स्थित रामजानकी माध्यमिक विद्यालयको कार्यालयबाट चोरी भएको कम्प्यूटर र अन्य समान डेरी उद्योगबाट बरामद भएको छ ।

चोरी भएको समानहरु औरही गाउँपालिका १ मै अमित कुमार साहले सञ्चालन गरेको डेरीबाट बरामद भएको हो । चोरीका समानहरु डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाइफाइको राउटर १ थान, कम्प्यूटर किबोर्ड १ थान, सोमिटर १ थान र सोलार प्लान्ट १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

चोरी गरेको आशंकामा स्थानीय शिवशंकर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी नै चोर भएको र चोरीका समानहरु डेरीमा राखेको खुलेको थियो ।

स्थानीय लक्ष्मेश्वर यादवको खेतमा जडा नभएको सोलार प्लान्ट समेत मण्डलले नै चोरी गरेको र डेरी रहेको सडक छेउमा जमुनि मुनि खाल्डोभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको छ ।

चोरीमा संलग्न मण्डल र डेरी सञ्चालक साहलाई समेत नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]