११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

मुख्यमन्त्री यादवको होटेल बास

Logo
प्रकाशित शुक्रबार, माघ २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० माघ । कार्यभार सम्हालेको तीन साता बितिसक्दा पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकारी निवासमा सरेका छैनन् ।

निवास रङ्गरोगनको काम सम्पन्न नभएकोले नियुक्त भएको तीन सातासम्म पनि मुख्यमन्त्री यादव सरकारी निवासमा सर्न पाएका छैनन ।

पुष २७ मा नियुक्त भएका उनी सरकारी निवासमा नगई राजधानी जनकपुरधामस्थित एक होटेलमा बास बसिरहेका छन् । मुख्यमन्त्री यादव जनकपुरधामस्थित होटेल वेलकममा बसिरहेका छन् ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका यादवले दुईदिन पछि २९ पुषमा तीन मन्त्रीसहित शपथ ग्रहण गरेका थिए । सुरुमा मन्त्रीहरुलाई बिना विभागीय बनाइए पनि पछि उनीहरूको जिम्मेवारी तोकिएको थियो । १० सदस्यीय मन्त्रिमण्डल रहने मधेस प्रदेशमा मन्त्रीपरिषदले हालसम्म पुर्णता पाउन सकेको छैन ।

जनकपुर चुरोट कारखाना परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीहरुको निवास रहेको छ । मुख्यमन्त्री बस्ने सरकारी निवासमा रङ्गरोगनको कार्य चलिरहेकोले उनी त्यहाँ नसरेको बताइएको छ । मन्त्रीहरु भने सरकारी निवासमा सरिसकेका छन् ।

यादवले २९ पुषमा सपथ लिएका थिए भने ४ माघमा बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका थिए । मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत पाएका थिए । यादवले प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरे ।

मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलले विश्वासको मत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]