१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

मुख्यमन्त्री यादवको होटेल बास

Logo
प्रकाशित शुक्रबार, माघ २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० माघ । कार्यभार सम्हालेको तीन साता बितिसक्दा पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकारी निवासमा सरेका छैनन् ।

निवास रङ्गरोगनको काम सम्पन्न नभएकोले नियुक्त भएको तीन सातासम्म पनि मुख्यमन्त्री यादव सरकारी निवासमा सर्न पाएका छैनन ।

पुष २७ मा नियुक्त भएका उनी सरकारी निवासमा नगई राजधानी जनकपुरधामस्थित एक होटेलमा बास बसिरहेका छन् । मुख्यमन्त्री यादव जनकपुरधामस्थित होटेल वेलकममा बसिरहेका छन् ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका यादवले दुईदिन पछि २९ पुषमा तीन मन्त्रीसहित शपथ ग्रहण गरेका थिए । सुरुमा मन्त्रीहरुलाई बिना विभागीय बनाइए पनि पछि उनीहरूको जिम्मेवारी तोकिएको थियो । १० सदस्यीय मन्त्रिमण्डल रहने मधेस प्रदेशमा मन्त्रीपरिषदले हालसम्म पुर्णता पाउन सकेको छैन ।

जनकपुर चुरोट कारखाना परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मुख्यमन्त्री तथा मन्त्रीहरुको निवास रहेको छ । मुख्यमन्त्री बस्ने सरकारी निवासमा रङ्गरोगनको कार्य चलिरहेकोले उनी त्यहाँ नसरेको बताइएको छ । मन्त्रीहरु भने सरकारी निवासमा सरिसकेका छन् ।

यादवले २९ पुषमा सपथ लिएका थिए भने ४ माघमा बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका थिए । मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत पाएका थिए । यादवले प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरे ।

मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलले विश्वासको मत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]