०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

कृषि मन्त्री कुशवाहाले मधेस प्रदेशमा लागु गराए निःशुल्क कृषि मिटर

Logo
प्रकाशित आइतबार, माघ २२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२२ माघ । मधेस प्रदेशका पालिकमा किसानका लागि कृषि मिटर निःशुल्क गर्ने प्रक्रिया कार्यान्वयनमा ल्याइएको छ ।

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले निःशुल्क कृषि मिटरबारेमा मन्त्रालयका सचिव डा.नम्रता सिंह र नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरसँग आइतबार छलफल गरेर सो प्रक्रिया अगाडि बढाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मधेस प्रदेशभित्रका १३६ पालिकाका लागि कृषि विद्युतीकरण गर्ने बारेमा मन्त्री कुशवाहाले छलफललाई अगाडि बढाएका छन् । यसअघि विभिन्न जिल्लाको पालिकामा कृषि मिटर निःशुल्क दिने निर्णय भएपनि कार्यान्वयनमा आएका थिएन । त्यसलाई मन्त्री कुशवाहाले कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सप्तरीको राजविराज, रूपनी, छिनमस्ता, बिष्णुपुर, बलान बिहुल, बोदेबरसाइन, खड़क, सुरूँगा, अग्निसाइर पालिका, धनुषाको सबैला, क्षिरेश्वर, बटेश्वर, सहिदनगर, बिदेह, जनकनन्दनी, हंसपुर, कमला, धनौजी, मुखियापट्टी मुसरनिया, मिथिला बिहारी, नगराइन, औरही, लक्ष्मीनिया, जनकपुरधाममा कृषि मिटर निःशुल्क दिने भएको छ ।

महोतरीको औरही, गौशाला, सम्सी, भंगहा, एकडारा, पिपरा, मनारा सिसवा, मटिहानी, बलवा, महोतरी, रामगोपालपुर सर्लाहीको ईश्वरपुर, बसवरिया, रौतहटको मौलापुर, देवाही गोनाही, कटहरिया, माधवनारायण, गढिमाई, दुर्गा भगवती, पर्साको बीरगंजमा कृषि मिटर निःशुल्क दिने भएको छ ।

निःशुल्क मिटर प्राप्तबाहेकका जिल्लाको नेपाल विद्युत् प्रधिकरणका कार्यालयका प्रमुखसँग भेटी यस कार्यक्रमका लागि छलफल गर्न मन्त्री कुशवाहाले निर्देशन दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नु पर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउनुपर्ने उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]