३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

वडा अध्यक्ष शिवु साह जसले आफ्नो तलव भत्ता वृद्ध आमाहरुको सेवामा लगाउदै

Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

कैलाश कुमार,जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का स्वतन्त्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष शिव कुमार साह अहिलेसम्म उठाएको तलवभत्ता वृद्ध आमाहरुको सेवा सत्कारमा नै खर्चिएको बताए ।

धनुषामा १८ वटा पालिकामध्ये पहिलो वडा अध्यक्ष साह हुन जसले आफ्नो तलवभत्ताबाट नपुगेपनि घरबाट लगानी गरेर वृद्ध आमाहरुलाई तीर्थाटन गराएका हुन ।

२०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भयो । असोज ९ गते सपथ लिए । सपथ लिएको दुई महिना नवित्नै अर्थात कार्तिक मसान्तको चिसोको बेलामा वडा अध्यक्ष साहले वडामा रहेका वृद्धवृद्धाहरुलाई कम्बल, चावल, चाउचाउ, विस्कुट लगायतको सामाग्री वितरण गरे ।

त्यसको लगतै केही दिनमा वडामा रहेकी वृद्धाआमालाई धार्मिक भ्रमण गराए । एउटा बसमा ५८ जना वृद्धआमाहरुलाई लिएर भारत झारखण्डको वैद्यनाथ (बाबाधाम) र राजगिर भ्रमण गराए । गाडीका साथै भोजन, तीर्थ स्थलमा लाग्ने रकम समेत वडा अध्यक्ष साहले नै तिरेका छन् ।

२०७४ सालमै साहले नेपालकै पुष्पलपुरमा रहेको धार्मिक स्थल चमिनियाँ माई स्थानमा वृद्ध आमालाई दर्शन गराएका छन् । त्यो भ्रमणमा २२ वटा साना गाडीमा १२५ जनाको सहभागिता रहेको थियो । बेलाबेलामा वडा अध्यक्ष साहले नगरभित्रमा भोजन, वस्त्र लगायत दानपुण्य गर्दै नै आएका थिए ।

२०७५ सालमा फेरी वडा अध्यक्ष साहले सयभन्दा बढी वृद्ध आमाहरुलाई काठमाण्डौंको धार्मिक स्थलका साथै मनोकामना दर्शन गराएका हुन् । दुईवटा बसमा वडा अध्यक्ष साहले वृद्धआमाहरुलाई साडी लगायतको वस्त्र दिएर भोजन, तीर्थस्थलमा तिर्नुपर्ने शुल्क आफैले तिरेका छन् । हिन्दु, मुस्लिमका पर्व त्योहारमा वडा अध्यक्ष साहले सबभन्दा बढी माया स्नेह वृद्धआमाहरुलाई नै गर्दै आएका छन् ।

वडाअध्यक्ष साह भन्छन् –‘वृद्ध आमाहरुको सेवामा मलाई धेरै खुशी र आनन्द लाग्छ । यो संसारमा कसैले केही लिएर जाँदैन, वृद्ध आमाहरुले मलाई आशीर्वाद दिए सबै सुख पाउँछु जस्तो अनुभूति हुन्छ ।’

उनले अहिलेसम्म उठाएको तलवभत्ता आमाहरुकै सेवामा लगाएको छु। त्यसले पनि पुगेन भन्ने घरबाट पनि लगाउने गरेको बताउँछन् । साहले अहिलेसम्म वृद्धहरुको धार्मिक भ्रमणमा पाँच लाख रुपैया खर्चिएका जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]