३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

वडा अध्यक्ष शिवु साह जसले आफ्नो तलव भत्ता वृद्ध आमाहरुको सेवामा लगाउदै

Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

कैलाश कुमार,जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का स्वतन्त्रबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष शिव कुमार साह अहिलेसम्म उठाएको तलवभत्ता वृद्ध आमाहरुको सेवा सत्कारमा नै खर्चिएको बताए ।

धनुषामा १८ वटा पालिकामध्ये पहिलो वडा अध्यक्ष साह हुन जसले आफ्नो तलवभत्ताबाट नपुगेपनि घरबाट लगानी गरेर वृद्ध आमाहरुलाई तीर्थाटन गराएका हुन ।

२०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भयो । असोज ९ गते सपथ लिए । सपथ लिएको दुई महिना नवित्नै अर्थात कार्तिक मसान्तको चिसोको बेलामा वडा अध्यक्ष साहले वडामा रहेका वृद्धवृद्धाहरुलाई कम्बल, चावल, चाउचाउ, विस्कुट लगायतको सामाग्री वितरण गरे ।

त्यसको लगतै केही दिनमा वडामा रहेकी वृद्धाआमालाई धार्मिक भ्रमण गराए । एउटा बसमा ५८ जना वृद्धआमाहरुलाई लिएर भारत झारखण्डको वैद्यनाथ (बाबाधाम) र राजगिर भ्रमण गराए । गाडीका साथै भोजन, तीर्थ स्थलमा लाग्ने रकम समेत वडा अध्यक्ष साहले नै तिरेका छन् ।

२०७४ सालमै साहले नेपालकै पुष्पलपुरमा रहेको धार्मिक स्थल चमिनियाँ माई स्थानमा वृद्ध आमालाई दर्शन गराएका छन् । त्यो भ्रमणमा २२ वटा साना गाडीमा १२५ जनाको सहभागिता रहेको थियो । बेलाबेलामा वडा अध्यक्ष साहले नगरभित्रमा भोजन, वस्त्र लगायत दानपुण्य गर्दै नै आएका थिए ।

२०७५ सालमा फेरी वडा अध्यक्ष साहले सयभन्दा बढी वृद्ध आमाहरुलाई काठमाण्डौंको धार्मिक स्थलका साथै मनोकामना दर्शन गराएका हुन् । दुईवटा बसमा वडा अध्यक्ष साहले वृद्धआमाहरुलाई साडी लगायतको वस्त्र दिएर भोजन, तीर्थस्थलमा तिर्नुपर्ने शुल्क आफैले तिरेका छन् । हिन्दु, मुस्लिमका पर्व त्योहारमा वडा अध्यक्ष साहले सबभन्दा बढी माया स्नेह वृद्धआमाहरुलाई नै गर्दै आएका छन् ।

वडाअध्यक्ष साह भन्छन् –‘वृद्ध आमाहरुको सेवामा मलाई धेरै खुशी र आनन्द लाग्छ । यो संसारमा कसैले केही लिएर जाँदैन, वृद्ध आमाहरुले मलाई आशीर्वाद दिए सबै सुख पाउँछु जस्तो अनुभूति हुन्छ ।’

उनले अहिलेसम्म उठाएको तलवभत्ता आमाहरुकै सेवामा लगाएको छु। त्यसले पनि पुगेन भन्ने घरबाट पनि लगाउने गरेको बताउँछन् । साहले अहिलेसम्म वृद्धहरुको धार्मिक भ्रमणमा पाँच लाख रुपैया खर्चिएका जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]