११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

दाउराको सट्टा ‘गुइँठा’

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०४, २०७९

न्यूजमधेश डेक्स

दाङ,४ फागुन। दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ ।

दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताउनुभयो । “दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ”, उहाँले भन्नुभयो, “गुइँठा सजिलो लाग्छ ।”

गाई, गोरु, भैँसी र राँगाको गोबरमा पसाल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दैआएका छन् । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् । अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन बढेको छ । एक बिटा गुइँठा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताउनुभयो ।

गुइँठाको खरानी खेतीपातीमा मलका लागि प्रयोग हुन्छ । “गुइँठामा पकाएको खाना मिठो हुन्छ”, तुलसीपुर–१२ का खुसीराम चौधरीले भन्नुभयो । खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]