०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

सप्तरीमा पानी परिक्षण घुम्ती सेवा सुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०५, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,५ फागुन।सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात गरेका छन् ।जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सीके राउतकाे नेतृत्वमा तिलाठी काेइलाडी गाउँपालिका वडा नं. २ लाैनियाँबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना अन्तर्गतको पानी परीक्षण प्रयाेगशाला जनकपुरकाे टाेलीद्वारा साे सेवा शुरुवात गरेकाे हाे ।

शुक्रबार दलान दलिल अभियान अन्तर्गत क्षेत्र नं. २ बाट निर्वाचित मा. डा. राउत र मा. सतिश कुमार सिंहले निर्धारित कार्यक्रम अनुसार विभिन्न गाउँहरुमा स्थानीयहरु संग भेटघाट गर्दै सर्वदलीय, सर्वपक्षीय छलफल गरि विभिन्न याेजनाहरु माग समेत गरे ।

मधेपुरा, कट्टी, बनरझुला, टिकुलिया, बरसाईन, कुसहा, सकरपुरा, बेल्ही, लौनियाँलगायतकाे गाउँकाे स्तराेन्नतीका लागि समस्या तथा याेजनाहरु संकलन गरेको जनमत पार्टी तिलाठी काेइलाडी गाउँपालिका अध्यक्ष सुशील कुमार मण्डलले बताए ।

घुम्ती सेवा विभिन्न गाउँहरु हुँदै जानुका साथै कल वा धाराको पानी पिउन योग्य भए नभएको सबैलाई जाँच गराउन डा. राउतले आग्रह गरे ।

‘लाैनियाँकाे विभिन्न १० वटा कलबाट पानी संकलन गरि जनकपुर स्थित कार्यालयमा ल्याब जाँच गर्ने’ केमिस्ट सुनिल चाैधरीले भने- ‘स्वास्थ्य चाैकि लाैनियाँकाे कार्यालय नजिकै रहेकाे कलबाट लिइएको पानी जाँच गर्दा ०.००६ एम.जी./ली. मात्र आर्सैनिक भेटीएकाे हाे । पानी खाने याेग्य रहेको उनकाे भनाइ थियो ।

साे पानी जाँच हुने ल्याब प्रत्येक जिल्लामा हुनु आवश्यक रहेकाे तिलाठी काेइलाडी गाउँपालिका २ काे वडा अध्यक्ष कमल कुमार मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]