०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनकपुरमा भोली महिला तिज उत्सव हुने

Logo
प्रकाशित आइतबार, भाद्र ०८, २०७६

मनिष ठाकुर,जनकपुरधाम।तिज पर्वको अवसरमा मिनु ब्यूटी पार्लर र नेपाल घरेलु तथा साना उधोग महासंघको संयुक्तरुपमा आयोजना गरिएको महिला तिज उत्सव भोली सोमबार मसाला कोटेजमा हुने भएको छ।

शशुल्क रहेको महिला तिज उत्सवमा महिलाहरुलाई मनोरञ्जनका लागि विहान १० बजे देखि साझ ५ बजे सम्मको कार्यक्रम राखिएको छ।

कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता देखि लिएर सांस्कृतिक पहिरन प्रतियोगिता ,म्युजिक चेयर डान्स लगाइत धेरै मनोरञ्जन कार्यक्रमहरु राखिएको आयोजक मनिश राउतले जानकारी दिए। १ हजार रुपैयाको टिकटको व्यवस्था गरेको आयोजकले महिलाहरुलाई मनोरञ्जन प्रतियोगिताको संगै कोल्ड डिरिङ्क ,चिया,नास्ता र खानाको समेत व्यवस्था गरेको छ।

जनकपुरधाममा पहिलो चोटि भव्यरुपमा आयोजना गर्न लागिएको महिला तीज उत्सवमा १५० जना भन्दा बढी विवाहित तथा अविवाहित महिलाको सहभागिता  रहेको आयोजकले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]