१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

डा.सीके राउत जनताको घरघर गएर योजना माग्दै

Logo
प्रकाशित सोमबार, फाल्गुण ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ फागुन।जनताराजको परिकल्पना गरेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जनताको घरघरमा गएर योजना मागिरहेको छ।

जनमत पार्टीबाट संघीय र प्रदेश सांसदमा सप्तरीबाट निर्वाचित सांसदहरु अहिले आफ्नो क्षेत्रका जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् ।

अध्यक्ष डा.राउतले ‘दलान दलील’ नामक कार्यक्रम संचालन गरेर जनताको मनोकान्छा अनुसार योजनाहरु छनोट गरिएको छ।उनले सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभामा निर्वाचन भएका हुन। प्रतिनिधि सभामा निर्वाचित डा.सीके राउतदेखि सोही क्षेत्रको प्रदेश सभा ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शतिस कुमार सिंह तथा ‘ख’ बाट निर्वाचित मधेश प्रदेश सरकारका शिक्षा मन्त्री समेत रहेको महेश प्रसाद यादव सम्म आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिएका छन् ।

अघिल्लो दिन संघीय सांसद डा. राउतले आफ्नो निर्वाचन क्षेत्रबाट उक्त कार्यक्रम सुरु गरेका थिए । भोलीपल्टै आइतबार देखि प्रदेशसभा सदस्य सिंह र यादवले पनि आ–आफ्नो क्षेत्रमा उक्त कार्यक्रम सुरु गरेका छन् ।

‘दलान दलील’ कार्यक्रमका क्रममा राजविराजमा आयोजित कार्यक्रममा मधेश प्रदेशका शिक्षा मन्त्री समेत रहेका प्रदेशसभा सदस्य यादवले प्रदेश सभा र प्रतिनिधिसभामा लैजाने योजनाहरु छनोटका लागि उक्त कार्यक्रम थालिएको जानकारी दिए ।

कार्यक्रम मार्फत जनतासँग छलफल गरी योजनाहरु माग्ने तथा प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजाने उनको भनाइ थियो । जनताको घर–दलानमा पुगेर योजना माग्ने भएकाले यो कार्यक्रमलाई ‘दलान दलील’ नाम दिइएको उनले बताए ।

विगतमा विकास निर्माणका लागि योजनाहरु व्यक्तिगत लाभ तथा आसेपासे, आफन्त र नजिकका ठेकेदारलाई दिने प्रवृतिका कारण ठोस निर्माण कार्य हुन नसकेको तथा भएका थोर बहुत कामबाट पनि सीमित व्यक्ति लाभान्वित भएको पाइएकोले आफूहरुको पालामा धेरै भन्दा धेरै जनताले विकासको लाभ र अनुभूति गर्न पाओस् भने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए ।

‘अब नेताले होइन, जनताले चाहेका योजनामा मात्र बजेटमा छनोट हुनुपर्ने मान्यताका साथ अघि बढेका छौ उनले भने –‘यहाँका जनताले जनता राजको महसुश गर्नेमा विश्वस्त छौ ।’ कार्यक्रम अन्तर्गत अधिकांश जनताले सडक, शिक्षा, स्वास्थ, मल–खाद्य, रोजगारी लगायतका समस्या र योजनाहरु अघि सार्ने गरेको सो पार्टीले जनाएको छ ।

डा.राउतले चलाएको ‘दलान दलिल’ कार्यक्रमको अहिले समाजिक संजालमा प्रसंसा भैरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]