२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

जनमतले स्ववियू चुनाव एक्लै लड्ने

Logo
प्रकाशित मंगलबार, फाल्गुण १६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१६ फागुन । जनमत पार्टी निकट विद्यार्थी जनमत संघले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको विद्यार्थी जनमत संघको केन्द्रीय समिति बैठकले स्ववियू चुनाव एक्लै लड्ने निर्णय गरेको निर्वाचन परिचालन समितिका सभापति बीपी साहले जानकारी दिए ।

विद्यार्थी जनमत संघ पहिलो पटक स्ववियू निर्वाचनमा सहभागी भइरहेकोले देशभरीका कलेजहरुमा एक्लै चुनाव लड्ने निर्णय गरेको उनले जनाए ।

बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले उच्च मनोबलका साथ चुनावमा सहभागी हुन विद्यार्थी नेताहरुलाई निर्देशन दिए।

‘देशको परिवर्तनहरुमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको छ । अव देशको शिक्षाको सुधारमा विद्यार्थीहरुले पनि महत्वपूर्ण भूमिका खेल्नु पर्छ।’ अध्यक्ष राउतले भने,‘लामो समयदेखि रोकिएको स्ववियूको निर्वाचनले अव नयाँ नेतृत्वको उदय गराउनेछ। यस निर्वाचनले विद्यार्थी जनमत संघलाई राष्ट्रव्यापी बनाउने छ।’

यसैगरी केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समितिको केन्द्रीय सभापतिमा बीपी साहलाई चयन गरेको छ भने समन्वयको जिम्मेवारी मधेश प्रदेश सरकारका कृषि राज्यमन्त्री संजय कुमार यादवलाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]