१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

एनआरएमएले दुबईमा मनाए होली धामाका,डा.सीके राउतसहित शिर्ष नेताहरुको सहभागिता

Logo
प्रकाशित मंगलबार, फाल्गुण २३, २०७९

न्यूजमधेश डेस्क
दुबई : विश्वभरि छरिएर रहेका मधेशी समुदायको छाता संगठन अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ युएई शाखा होली धामाका कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको छ । गैर आवासीय मधेशी संघ युएई शाखाको आयोजनामा आईतवार होली धामाका कार्यक्रम सम्पन्न भएको हो ।

हरेक वर्षझै यस वर्ष पनि युएईको विभिन्न प्रान्तमा बसोवास गर्दै आएका प्रवासी संग होली धामाका कार्यक्रम मनाउन जनमत पार्टीको शिर्ष नेताहरु दुवई आउनु भएको थियो ।

सो कार्यक्रममा जनमत पार्टीको राष्ट्रिय अध्यक्ष तथा गैर आवासीय मधेशी संघका संस्थापकसमेत रहेका डा.सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।त्यसैगरी विशिष्ट अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री ई.वसन्त कुशवाहा,अतिथिमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समिती अध्यक्ष ई. शम्भुनाथ साह र संघका अन्तराष्ट्रिय समिति उपाध्यक्ष एवं युएईका वरिष्ट सल्लाहकार ई. संजय कर्णको विशेष उपस्तिथिमा कार्यक्रम भएको थियो ।

होली धामाका कार्यक्रम गैर आवासीय मधेशी संघ अन्तराष्ट्रिय समिति सदस्य एवं युएईका अध्यक्ष जग नारायण मण्डल रहेका थिए भने अध्यक्षता गैर आवासीय मधेशी संघ युएईका उपाध्यक्ष लक्ष्मी कान्त गुप्ताले गरेका थिए । अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ यूएईले आयोजना गरेको होली धामाका कार्यक्रममा गैर आवासीय मधेशी संघका संस्थापक समेत रहनुभएका डा. राउतसंग वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायको छाता संगठनका युवाहरु नेपालको विकास लगायत अन्य विषय सम्बन्धी संवाद समेत गरेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रममा साथै स्थानीय कलाकारहरूद्धारा नृत्य समेत प्रस्तुत गरिएको गैर आवासीय मधेशी संघ युएईका अध्यक्ष एवं अन्तराष्ट्रिय समिति सदस्य जग नारायण मंडलले जानकारी दिनुभयो । कार्यक्रम युएईको बर दुबई स्थित रहेको अस्टोरिया होटेल याक एण्ड यति क्लब बर दुबईमा आयोजना गरिएको थियो । डांफे रेस्टोरेन्ट डि. आई. पि. र न्यु इरा ट्राभ्लस एण्ड टुर्स बर दुबईको संयोजनमा भएको सो कार्यक्रममा युएईमा रहेका अन्य संघ संस्थाका प्रतिनिधि, व्यापारी, बुद्धिजिवि, मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।

गैर आवासीय मधेशी संघले विदेशमा रहेका मधेशी समुदायलाई एकजुट गर्दै हरेक वर्ष होली, दशैं, दिपावली, छठ, रमजान, माघे संक्राति, अंग्रेजी नव वर्ष अवसरमा मधेशी समुदायको कार्यक्रम आयोजना गर्दै आएको छ । अगामी दिनमा समेतयी कार्यक्रमहरुलाई निरन्तरता दिने संघले जनाएको छ । युएई, कतार, साउदी अरब, मलेशिया, कुवेत, बहराईन लगायत अन्य ५१ वटा देशमा संगठन रहेको संघले आपत विपतमा समेत सहयोग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]