०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

गठबन्धनकै निर्णय अनुसार नै उपराष्ट्रपतिमा उम्मेदवारी दिएका हौं : सीके राउत

Logo
प्रकाशित शनिबार, फाल्गुण २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् ।

शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने समझदारी भएको बताए ।

‘गठबन्धनकै निर्णय अनुसार तीनवटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ’ उनले भने, ‘…गठबन्धनमा कुरा मिल्नसक्छ । भोलिसम्म समय छ । मलाई पूरा विश्वास छ हाम्रो साझा उम्मेदवार हुनुहुन्छ, ममताजीकै पक्षमा निर्णय हुनेछ ।’

निर्वाचन आयोगले पनि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै हुनुपर्ने आशय व्यक्त गरेको भन्दै राउतले आफूहरुको उम्मेदवारमा सहमति नजुटे मित्रवत प्रतिस्पर्धा गर्ने बताए । ‘हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ । संविधानको रक्षाको लागि तत्पर हुनुहुन्छ । कानूनी पृष्ठभूमिबाट हुनुहुन्छ । उहाँ योग्य हुनुहुन्छ हरेक दृष्टिकोणबाट । त्यही भएर उहाँले जित्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । हाम्रो बटमलाइन भनेको मित्रवत प्रतिस्पर्धा हुन्छ’ उनले भने ।

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै मधेशी महिलाको तर्फबाट आफूले उम्मेदवारी दिएको बताइन् ।

‘एक महिला छ मधेशबाट आएको, संविधानको मर्मलाई जीवित राख्नको लागि, संविधानलाई जीवित राख्नको लागि यो उम्मेदवारी दिएको छु’ झाले भनिन् ।

सत्तारुढ गठबन्धनमै रहेको दल जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव र प्रमिला कुमारीलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ । यसरी सत्ता गठबन्धनबाट ३ जना उम्मेदवार भएका छन् ।

नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]