न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ फागुन।जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थी जनमत संघबाट स्ववियु सभापतिमा इजाज मोमिनले उम्मेदवारी दर्ता गराएका छन् ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिको लागि विद्यार्थी जनमत संघसहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघबाट सभापतिमा इजाज मोमिन (अन्सारी )र उपसभापतिमा बिरेन्द्र यादवसहित प्यानल उठाएका छ्न।
त्यसैगरी ,लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्याथी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबबाट मनिषकुमार यादव, ५ दलिय गठबन्धनको तर्फबाट संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । रारावको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् ।