२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

सुकुम्बासीहरुको समस्या समाधानको लागि पहल गर्ने : मन्त्री कुशवाहा

Logo
प्रकाशित सोमबार, फाल्गुण २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ फागुन। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले भूमिहीन सुकुम्बासीको समस्या बारे प्रदेश सभामा कुरा उठाउने बताएका छन् ।

आइतबार मन्त्री कुशवाहाले सुकुम्बासीको जग्गा सम्बन्धी समस्या बारे आफ्नो पार्टीका अध्यक्ष डा.सीके राउतसंग छलफल गरी संघीय संसदमासमते कुरा पुर्याउने अश्वासन दिएका छन् ।

आइतबार जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय घेराउ गर्दै नाराबाजी गर्न गएका चुरे संरक्षण अभियानी तथा सुकुम्बासीहरुसंग कुराकानी गर्दै मन्त्री कुशवाहाले उनीहरुको समस्या समाधान गर्न पहल गर्ने बताए ।

उनले भूमिहीनलाई जग्गा दिने अधिकार संघीय सरकार र स्थानीय सरकारसंग मात्र रहेकोले प्रदेशमा ऐन नबनेसम्म भूमिहीनको समस्याप्रति कुनै ठोस निर्णय लिन नसक्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]