२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

काठमाडौं ,४ चैत । विभिन्न पार्टी परित्या गर्दै सयौं जना नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

शनिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित स्वास्थ्यकर्मी जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतमा स्वागत गरेको छ।उनिहरुलाई जनमत पार्टीको सदस्यतासमेत प्रदान गरेको हो।

जनमत पार्टीले स्वास्थ्यकर्मी जनमत संघको केन्द्रिय संयोजकमा डा.सीके सिंहलाई घोषणा गरेको छ।डा.सिंह सप्तरीका हुन ।

सो कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका कृषि मन्त्री वसन्त कुशवाहा,उपाध्यक्ष ई.दीपक कुमार साह,उपमहासचिव ई.इन्द्रजित यादव, सचिव अनिता देवी,भोपेन्द्र प्रसाद यादव ,पार्टीका सचिव तथा मधेश प्रदेशका कृषि राज्यमन्त्री संजय यादवलगाइतका जनमत पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]