२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

काठमाडौं ,४ चैत । विभिन्न पार्टी परित्या गर्दै सयौं जना नेता/कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।

शनिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित स्वास्थ्यकर्मी जनमत संघ घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतमा स्वागत गरेको छ।उनिहरुलाई जनमत पार्टीको सदस्यतासमेत प्रदान गरेको हो।

जनमत पार्टीले स्वास्थ्यकर्मी जनमत संघको केन्द्रिय संयोजकमा डा.सीके सिंहलाई घोषणा गरेको छ।डा.सिंह सप्तरीका हुन ।

सो कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका कृषि मन्त्री वसन्त कुशवाहा,उपाध्यक्ष ई.दीपक कुमार साह,उपमहासचिव ई.इन्द्रजित यादव, सचिव अनिता देवी,भोपेन्द्र प्रसाद यादव ,पार्टीका सचिव तथा मधेश प्रदेशका कृषि राज्यमन्त्री संजय यादवलगाइतका जनमत पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]