०८ आषाढ २०८३, मंगलबार
23-06-2026 , Tue
×

थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्षमा लक्ष्मण थारु, आन्दोलन उद्‍घोष गर्दै

Logo
प्रकाशित सोमबार, भाद्र ०९, २०७६

काठमाडौ । टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन भएको हो।आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ। आइतबार पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ।

उक्त मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गर्दैछ। नयाँ संविधानका केही धारा, उपधारा संशोधन हुनुपर्ने, टीकापुर घटनाका राजवन्दीहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने, थरुहट स्वायत्त प्रदेश हुनुपर्ने, संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशी कार्यन्वय गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन घोषणा गर्न लागेको हो।

राष्ट्रिय सम्मेलनका संयोजक मिनराज चौधरीले १६ पृष्ठको आवधारणा प्रस्तुत गर्दै थरुहट आन्दोलनको प्रस्ताव गरेका थिए। देशभरिबाट आएका प्रतिनिधिहरुले आन्दोलनको विकल्प नरहेको बताएका थिए। तर आन्दोलनको स्वरुप कस्तो रहनेबारे सबैले प्रश्न गरेका थिए।

उद्‍घाटन सत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि थारुहरुलाई विद्रोहबाटै अधिकार पाउने भएकाले विद्रोह नरोक्न आग्रह गरेका थिए। उनले उक्त विद्रोहमा आफ्नो र आफ्नो पार्टीको सहभागितासमेत रहने बताएका थिए।

यता लक्ष्मण थारुले भने सबै पक्षलाई मिलाएर अगाडि बढ्ने बताए।‘यो आन्दोलन मेरो ब्यक्तिगत आन्दोलन होइन। हामी थारुको अधिकारका निम्ति आन्दोलन उद्‍घोष गर्दैछौं। यो आन्दोलनमा सबै पक्षलाई मिलाएर लैजनाले दायित्व हामीमाथि आइपरेको छ। पक्कै पनि साथीहरु निस्वार्थरुपमा यो आन्दोलनमा सहभागी बन्नुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले थारुवानसँग भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]