०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

मोरबैता बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

जनकपुरधाम,६ चैत ।सिरहाको सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ ।

जनमत विद्यार्थी संघबाट सभापतिमा दीपेन्द्रकुमार यादव ६६ मतान्तरले विजयी भएका छन् ।

उनले १९७ मत ल्याएर विजयी हुँदा निकटमत प्रतिद्वन्द्वी संयुक्त तीन दलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमितकुमार राय यादव १२१ मत पाएको छ ।

जसपा, लोसपा र एकीकृत निकट विद्यार्थी युनियनको गठबन्धन रहेको थियो ।

यस्तै तेस्रोमा अनेरास्ववियु (अखिल ) का उम्मेदवार धिराज यादव ८४, अखिल क्रान्तिकारीका सतिश मण्डल ७० र नेविसंघका नवरतन साह ४२ मत मात्र प्राप्त गरेका छन् ।

जनमतबाटै सचिवमा विवेककुमार मण्डल, कोषाध्यक्षमा सुस्मिताकुमारी सिंहसहित सबै सदस्य निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]