३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा गराउन सप्तरीका चार विद्यार्थी संगठनको माग

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

न्यूजमधेश डेस्क
राजविराज,६ चैत्र । सप्तरीका चार प्रमुख विद्यार्थी संगठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली गरिएको बताएका छन् ।

नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमाले निकट अनेरास्वबियू, एकीकृत समाजवादी निकट समाजवादी अनेरास्वबियू र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

‘निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीले एउटा मात्रै प्यानललाई जिताउन गरेको प्रयासप्रति हामी मर्माहत भएका छौं’ बिज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रजातान्त्रिक विधी भएपनि त्यसको खिल्ली उडाउँदै एकतर्फा रुपमा एउटा प्यानललाई मात्रै मतदान गर्ने वातावरण बनाएको छ ।

यो अवस्थालाई हेरी हामी नारावाजी गर्दा केहि बेरका लागि मतदान रोकिएको थियो । तर, त्यसपछि प्रहरीको बलमा निर्वाचन समितिले समाजवादी विद्यार्थी युनियन निकटका मतदातालाई भित्र छिर्न लगाई मतदान गर्न लगाएका छन् ।’

एकतर्फी रुपमा यसरी गराइएको निर्वाचनको कुनै तुक नभएको भन्दै बिज्ञप्तीमा यसको घोर भत्र्सना गरिएको छ ।

निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा गराउन र निर्वाचन अधिकृत रामाशिष यादवले एक मात्र प्यानललाई जिताउन प्रयास गरेकाले उनलाई पनि पदबाट हटाएर कार्वाही गर्न माग गरिएको छ ।

‘माग पूरा नभए हामी यो निर्वाचनलाई कुनै पनि हालतमा नमान्ने र चरणबद्ध आन्दोलनमा उत्रिनेछौं’ बिज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनपछिको परिणामको सम्पूर्ण जिम्मेबारी सम्बन्धित निकाय नै हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]