१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

ठोरीमा बाघको आतंक, किसानको गोठ नै रित्तियो

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

न्यूजमधेश डेस्क
वीरगञ्ज,७ चैत । पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ ।

सोमबार राति ११ बजे ठोरी-४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए।

लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ ।

राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश गरेको थियो । बाघले पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले चाल पाए । त्यसपछि उनीहरूले हारगुहार गरेर गाउँलेलाई बोलाएका थिए ।

स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जङ्गल तर्फ धपाइएको छ ।

बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् ।

बाघ फेरि गाउँ पस्न सक्ने डरले घ्याङडाँडाका स्थानीय बासीन्दा त्रसित छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]