२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

जनकपुरधाम ,७ चैत्र। मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ ।

अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको वेल्ट हङ्गर हाइल्फ नामक संस्थाले गरेको मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले जानकारी दिए ।

उनका अनुसार जर्मनी उक्त कम्पनीले मधेशका सबै १ हजार २७० वडामा मलखादको साना उद्योग सञ्चालनको प्रस्ताव गरेका हुन् । उनका अनुसार दातृ संस्थाले जमीन र प्रयोग हुने शेड बाहेक उद्योग सञ्चालनका लागि सम्पूर्ण समान, मेशिन, प्रविधि र प्रशिक्षण आदी उपलब्ध गराउनेछ ।

सबै वडामा सञ्चालन हुने उद्योगबाट भएका उत्पादनले रसायनिक मललाई विस्थापन र जमीनको उर्वरा शक्ति बढाउने मन्त्री कुशवाहाले उल्लेख गरेका छन् ।

उनले उद्योग सञ्चालनका लागि इच्छुक व्यक्ति, समूह र संस्थाहरुलाई चैत २५ गतेभित्र सम्पर्क गर्न आह्वान समेत गरेका छन् । उनले सम्पर्कका लागि ९८१७६१९०६९, ९८१६३३९४९४ र ९८११२९७४६० नम्वर समेत सार्वजनिक गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]