११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

सिरहामा लोसपालाई ठूलो क्षति ः नेता महतो जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

लहान ,७ चेैत। मधेश प्रदेशको सिरहा जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ठूलो क्षति भएको छ। लोसपा सिरहाका शक्तिशाली नेता रोहित महतोसहित जिल्लादेखि नगरसम्मका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

सोमबार सिरहाको पुरानो चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता महतोलाई पार्टीमा स्वागत गरेका हुन्।

लोसपा केन्द्रीय सदस्य महतोसहित सिरहा ३ का क्षेत्रीय अध्यक्ष मनरुप यादव, लहान नगरपालिकाका नगर अध्यक्ष मोहम्मद आलम, मञ्चलाल महतोसहित लोसपाका सयौं नेता तथा कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन्।

यसैगरी जसपाका जिल्ला सदस्य शिवनाथ साह, गोलबजार नगरपालिकाका नगर उपाध्यक्ष राजाबाबु साह, प्रेस मञ्चका केन्द्रीय सदस्य आनन्द कुमार सिंहसहित जसपाका दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरे।

यसैगरी, नेपाली कांग्रेस, राप्रपा एवं प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार द्वय जोगेश्वर यादव र शिवकुमार यादवले जनमत पार्टी प्रवेश गरेका हुन् । यसैगरी, मधेश मुल निवासी बहुजन समाज मधेश प्रदेशका संयोजक धर्मबीर पासवान, सुखीपुर व्यापार संघका पूर्व अध्यक्ष अवधेश अनललगायत ३ सय जना जनमत पार्टी प्रवेश गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]