२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

सिरहामा लोसपालाई ठूलो क्षति ः नेता महतो जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

लहान ,७ चेैत। मधेश प्रदेशको सिरहा जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ठूलो क्षति भएको छ। लोसपा सिरहाका शक्तिशाली नेता रोहित महतोसहित जिल्लादेखि नगरसम्मका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

सोमबार सिरहाको पुरानो चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता महतोलाई पार्टीमा स्वागत गरेका हुन्।

लोसपा केन्द्रीय सदस्य महतोसहित सिरहा ३ का क्षेत्रीय अध्यक्ष मनरुप यादव, लहान नगरपालिकाका नगर अध्यक्ष मोहम्मद आलम, मञ्चलाल महतोसहित लोसपाका सयौं नेता तथा कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन्।

यसैगरी जसपाका जिल्ला सदस्य शिवनाथ साह, गोलबजार नगरपालिकाका नगर उपाध्यक्ष राजाबाबु साह, प्रेस मञ्चका केन्द्रीय सदस्य आनन्द कुमार सिंहसहित जसपाका दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरे।

यसैगरी, नेपाली कांग्रेस, राप्रपा एवं प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार द्वय जोगेश्वर यादव र शिवकुमार यादवले जनमत पार्टी प्रवेश गरेका हुन् । यसैगरी, मधेश मुल निवासी बहुजन समाज मधेश प्रदेशका संयोजक धर्मबीर पासवान, सुखीपुर व्यापार संघका पूर्व अध्यक्ष अवधेश अनललगायत ३ सय जना जनमत पार्टी प्रवेश गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]