०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

कर्जन्हा नगरपालिकाद्वारा १२ कक्षामा अध्ययनरत दुई सय विद्यार्थीलाई साइकल वितरण

Logo
प्रकाशित सोमबार, भाद्र ०९, २०७६

सिरहा।सिरहाको कर्जन्हा नगरपालिकाले १२ कक्षामा अध्ययनरत २०० विद्यार्थीलाई साइकल वितरण गरेको छ। नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले साइकल वितरण गरेको हो।

विद्यालय टाढा हुँदा पैदल हिँडेर आउजाउ गर्न समस्या भएपछि नगरपालिकाले विद्यार्थीलाई साइकल वितरण गरेको छ। गरिब, दलित र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको नगरप्रमुख गंगा पासमानले बताए।

‘घण्टौं पैदल हिडेर विद्यालय आउनुपर्ने वाध्यता विद्यार्थीहरुलाई थियो,’नगरप्रमुख पासमानले भने,‘साइकल दिएपछि पढाईमा मद्दत पुग्छ। विद्यार्थीहरु विद्यालय समयमै आउँछन्।’

साइकल वितरणका लागि आर्थिक वर्ष ०७५/०७६ योजनाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। ‘हिडेर विद्यालय आउँदा कहिलेकाहीँ पढाई छुट्थ्यो,’वडा-७ दक्षिणबारी टोलकी मनिषा कुमारी साहले भनिन्,‘अब साइकल हुँदा समयमै विद्यालय पुग्छौं।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]