१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

डा.सीके राउतले ‘मिशन बारा-२’ सुरु गरे

Logo
प्रकाशित बिहिबार, चैत्र ०९, २०७९

न्यूजमधेश डेस्क
बारा ,९ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले ‘मिशन बारा-२’ सुरुवात गरेका छ्न।

आज बिहानै बाराको महागढीमाईको मन्दिरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पुजापाठसंगै आशिर्वाद लिएर ‘मिशन बारा-२’ उद्घोष गरेका छ्न।

अध्यक्ष डा.राउतले आफ्नो समाजिक संजाल फेसबूकमा ‘स्वाभिमानी वीर योद्धाहरुको यो भुमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन ,यहाँ हरेक हालतमा जनत पार्टी हौरन छाप नै विजयी हुनेछ’ उनले लेखेका छ्न।

निर्वाचन आयोगले बारा -२ मा पनि आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने घोषणा गरेपछी जनमत पार्टीले यसक्षेत्रमा चुनावको तयारी सुरु गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]