०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

जनमत पार्टीले धनुषासहित ६ जिल्लामा नयाँ ईन्चार्ज तोकिए

Logo
प्रकाशित शनिबार, चैत्र ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ चैत। जनमत पार्टीले मधेश प्रदेशका धनुषासहित ६ जिल्लामा नयाँ जिल्ला ईन्चार्ज चयन गरेका छन् ।

शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जारी विज्ञप्तीमा मधेश प्रदेशका ६ जिल्लाको ईन्चार्ज , संयोजक र सहसंयोजक तोकिएको छ ।

धनुषाको ईन्चार्जमा सुरेन्द्र मण्डललाई चयन गरेको छ।त्यसैगरी ,सिरहाको ईन्चार्जमा बिनोद यादव, महोतरी ईन्चार्जमा सौरभ साह, सर्लाही ईन्चार्जमा श्रीचन राय यादव र रौतहटको जिल्ला ईन्चार्जमा बृजकिशोर यादव चयन भएका छन् ।

पर्सा जिल्लामा भने ईन्चार्ज, संयोजक र सहसंयोजक पनि तोकिएको छ । जिल्लाको ईन्चार्जमा माधव प्रसाद सिंह चयन भएका छन भने संयोजकमा ओम प्रकाश सर्राफ चयन भएका छन् ।

सरार्फ गत साता मात्र जनमतमा प्रवेश गरेका हुन । पर्साको सहसंयोजकमा मुकेश द्विवेदी चयन भएको विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]