१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

सर्लाहीमा विद्यालयको अभिभावक भेलामा झडप, दुई जना गम्भीर घाइते

Logo
प्रकाशित मंगलबार, भाद्र १०, २०७६

मलंगवा । सर्लाहीको एक विद्यालयमा अभिभावक भेलामा झडप हुदा दुईजना गम्भीर घाइते भएको स्थानीयले बताए ।

हरिपूर्वाको केश्वर गरिब जनता माविमा सोमबार दिउँसो आह्वान गरिएको अभिभावक भेलामा झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

झडपमा गम्भीर घाइते हुनेमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, र अध्यक्ष ३१ वर्षीय खगेन्द्रप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

टाउकोमा चोट लागेर गम्भीर भएका दुवैजनालाई उपचारका लागि जनकपुर अन्चल अस्पतालमा पुर्याइएको छ । गत शुक्रबार राति सिभिल ईन्जिनियरिङ विषयका तीनजना शिक्षकको परीक्षा लिएर नतिजा समेत प्रकाशन गरिएपछि असन्तुष्ट समूह र प्रधानाध्यापक फेकु राय पक्षबीच झडप भएको एक स्थानीयले जानकारी दिए ।

त्यस्तै सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हाजिर गराउने विषयमा समेत अभिभावक भेलामा विवाद भएको बताइएको छ । भेलामा छलफल सुरु हुने बित्तिकै विवाद बढेको र कुटाकुट हुँदा दुईजना घाइते भएको बताइएको छ ।

प्रअ रायको सरुवा हुनुपर्छ भन्ने पक्ष र अर्को पक्षबीच झडप भएको स्थानीय बासिन्दाले बताएका छन् । समाजवादी पार्टीका नेता कार्यकर्ता एक पक्ष र नेपाल कम्युनिष्ट पार्टी एवं राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता विपक्षमा रहेको एक स्थानीयले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]